२९ असार २०८३, सोमबार | July 13, 2026

२७५ ग्राम ब्राउनसुगर सहित खजुराका खाँ पक्राउ



नेपालगन्ज । बाँकेको खजुराबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ । खजुरा ६ स्थित प्रतिक्षालय क्षेबबाट प्रहरीले २७५ ग्राम ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौली र लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलिले खजुराबाट लागुऔषधको कारोबारेलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके खजुरा गाँउपालिका ५ का २६ वर्षिय अजिजुल रहमान खाँ रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका खाँबाट ७ थान मोबाईल, भारतीय नम्बर प्लेटको थार गाडी र ७० हजार ९ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका खाँले लामो समयदेखि खजुराको प्रतिक्षालय र गोदहाना क्षेत्रमा बसेर नेपालगन्जका लागु औषधसेवन कर्ताहरुलाई लागु औषध सप्लाई गर्ने गरेको स्थानीयले बताउँदै आएका थिए । गोप्य सूचनाका आधारमा कारोबार स्थलमै पुगेर प्रहरीले खाँलाई ठुलो परिमाणको लागुऔषध सहित पक्राउ गरेको एसपी जीसीले बताए ।

पक्राउ परेका खाँलाई अदालतबाट म्याद मागेर अनुसनधान सुरु गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  २ : ३१ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले