२ चैत्र २०८२, सोमबार | March 17, 2026

कपिलवस्तुलाई प्रदेश राजधानी बनाउन मागगर्दै तौलिहवामा रिले अनसन



कपिलवस्तु । प्रदेश राजधानी ‘कपिलवस्तु’मा बनाउनुपर्ने र प्रदेशको नाम ‘बुद्ध प्रदेश’ राख्नुपर्ने मागराख्दै शनिबारदेखि तौलिहवामा सुरु भएको रिले अनसन आज पनि जारी छ ।

प्रदेश ५को राजधानी दाङको भालुबाङ बनाउने प्रदेश सरकारको प्रस्ताव विरुद्ध कपिलवस्तुमा रिले अनसन सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यलय तौलिहवा प्रशासनको छेउमा बनाइएको रिले अनशन स्थलमा अनसन जारी छ ।

अनशनमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले हिजोबाट अनशन सुरु गरेका हुने ।

पहिलो दिन अनशनमा समाजसवी रउफ अहमद खा, अशोक गुप्ता, संतोष कसौधन र बृजेश भटरा बसेका छन् ।

बुद्धको नाम बाट ५ नं प्रदेश चिनिने हुदा ईतिहास बोकेको प्राचिन शहर कपिलवस्तुलाई नै राजधानी बनाउनु पर्ने समाज सेवी रउफ अहमद खाँले बताए । उनले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्ताव फिर्ता गर्न मागगर्दै परासीदेखि बर्दियासम्मका जनतालाई पायक पर्ने स्थान कपिलवस्तु भएको जिकिर गरे ।

एक पटकमा चार घन्टा रिले अनशन समय राखिएको छ ।

प्रदेशसभामा पेश भएको लुम्बिनी प्रदेश र भालुबाङ राजधानीमाथि भोलि सोमबारबाट छलफल सुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा नेकपाले प्रस्ताव पारित गर्न ह्वीप लगाइसकेको छ । यद्यपी, नेकपाका १४ प्रदेश सांसदले फरकमत दर्ता गराएका छन् ।

बुटवलबाट दाङ राजधानी सार्ने षड्यन्त्र गरेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेस लगायत विभिन्न पेशागत संगठनहरुले बुटवलमा आन्दोलन सुरु गरेका छन् ।

तर, दाङमा भने प्रदेश राजधानीको पक्षमा सबै राजनीतिक दलहरु एकमत भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ५३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित