१७ आश्विन २०८३, शनिबार | October 3, 2026

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते



काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा घाइते भएका १७ जनालाई उपचारका लागि लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ३३ जना यात्रु सवार रहेको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १० : ११ बजे

भोटेकोशीमा बेपत्ता टेकराजलाई श्रीमती कालिका खड्का लेख्छिन् -‘प्रिय ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…’

काठमाडौँ ।प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

पश्चिम नेपालबाट मनसुन बाहिरिन थाल्यो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ।

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष स्थापना

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ