३ पुस २०८२, बिहिबार | December 18, 2025

रोष्टमबाटै सांसदलाई संसद बाहिर निकाल्न प्रदेश गृहमन्त्रीको आदेश (भिडियो सहित), विपक्षी काँग्रेस बिरुद्ध खेद प्रस्ताव



बुटवल । विपक्षीदलको तोडफोड, नाराबाजी र रोष्टम घेराउका बीच प्रदेश ५ को प्रदेशसभाको बैठक सञ्चालन भएको छ ।

सोमबार बसेको पहिलो बैठकमा बैठक सुरुभए लगत्तै विपक्षीदलले रोष्टम घेरेपछि आधा घण्टालाई स्थगित भएको बैठक दोस्रो पटक तनावपूर्ण तरीकाबाट सञ्चालन गरिएको थियो । विपक्षी काँग्रेसको नाराबाजी, तोडफोड र माईक भाँच्ने क्रमलाई जारी राख्दै सभामुख पुर्ण घर्तीले संसद सुचारु गरेका थिए ।

संसदमा सभासदहरुले उठाएको प्रश्नको जवाफदिंदै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले विपक्षीदल नेपाली काँग्रेसका बिरुद्ध सभामा खेद प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रदेश राजधानी र नामारणका बिषयमा साँसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्टममा उभिएका कानुन मन्त्री केसीले विपक्षी काँग्रेसले सभामुख घर्तीमाथि आक्रमण गरेको भन्दै बिपक्षि काँग्रेस बिरुद्ध खेद प्रस्ताव पेश गरेका हुन् । उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ भन्दा पनि बिज्ञ समुहको प्रतिबेदन र प्रदेशसभाले गठन गरेको सुझाव समितीको प्रतिबदेन सार्वजानिक गर्न सभामुखसँग अनुमति मागे ।

मन्त्री केसी बोलिरहँदा काँग्रेस सांसदले कुर्चि तोडन र हो हल्ला गर्न नछाडेपछि उनले भाषणकै बीचमा सांसदलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन पनि दिएको सुनिएको थियो ।

भिडियो सहित

मन्त्री केसी बोल्नु अघि प्रदेशका सांसदहरुले प्रदेशको राजधानीका बिषयमा आ आफ्ना धारणाहरु राखेका थिए । दाङ पश्चिमका सांसदहरुले सरकारी प्रस्तावको समर्थनमा अभिमत राखेका थिए भने कपिलवस्तु पुर्वका सांसदले बुटवलबाट राजधानी सार्नु पर्ने कारणको औचित्य खोजेका थिए ।

सोमबार बिहानमात्र बसेको नेकपा संसदीयदलको बैठकमा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको पक्षमा बोल्न र मतदान गर्न ह्वीप जारी गरेपनि नेकपा साँसद भोज प्रसाद श्रेष्ठ र बिष्णु पन्थीले पोखरेलको ह्वीप उल्लंघन गरेका छन् ।

सभामुखले भोलि १२ बजे बस्नेगरि संसद बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ४० बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको