१६ बैशाख २०८३, बुधबार | April 29, 2026

रोष्टमबाटै सांसदलाई संसद बाहिर निकाल्न प्रदेश गृहमन्त्रीको आदेश (भिडियो सहित), विपक्षी काँग्रेस बिरुद्ध खेद प्रस्ताव



बुटवल । विपक्षीदलको तोडफोड, नाराबाजी र रोष्टम घेराउका बीच प्रदेश ५ को प्रदेशसभाको बैठक सञ्चालन भएको छ ।

सोमबार बसेको पहिलो बैठकमा बैठक सुरुभए लगत्तै विपक्षीदलले रोष्टम घेरेपछि आधा घण्टालाई स्थगित भएको बैठक दोस्रो पटक तनावपूर्ण तरीकाबाट सञ्चालन गरिएको थियो । विपक्षी काँग्रेसको नाराबाजी, तोडफोड र माईक भाँच्ने क्रमलाई जारी राख्दै सभामुख पुर्ण घर्तीले संसद सुचारु गरेका थिए ।

संसदमा सभासदहरुले उठाएको प्रश्नको जवाफदिंदै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले विपक्षीदल नेपाली काँग्रेसका बिरुद्ध सभामा खेद प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रदेश राजधानी र नामारणका बिषयमा साँसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्टममा उभिएका कानुन मन्त्री केसीले विपक्षी काँग्रेसले सभामुख घर्तीमाथि आक्रमण गरेको भन्दै बिपक्षि काँग्रेस बिरुद्ध खेद प्रस्ताव पेश गरेका हुन् । उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ भन्दा पनि बिज्ञ समुहको प्रतिबेदन र प्रदेशसभाले गठन गरेको सुझाव समितीको प्रतिबदेन सार्वजानिक गर्न सभामुखसँग अनुमति मागे ।

मन्त्री केसी बोलिरहँदा काँग्रेस सांसदले कुर्चि तोडन र हो हल्ला गर्न नछाडेपछि उनले भाषणकै बीचमा सांसदलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन पनि दिएको सुनिएको थियो ।

भिडियो सहित

मन्त्री केसी बोल्नु अघि प्रदेशका सांसदहरुले प्रदेशको राजधानीका बिषयमा आ आफ्ना धारणाहरु राखेका थिए । दाङ पश्चिमका सांसदहरुले सरकारी प्रस्तावको समर्थनमा अभिमत राखेका थिए भने कपिलवस्तु पुर्वका सांसदले बुटवलबाट राजधानी सार्नु पर्ने कारणको औचित्य खोजेका थिए ।

सोमबार बिहानमात्र बसेको नेकपा संसदीयदलको बैठकमा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको पक्षमा बोल्न र मतदान गर्न ह्वीप जारी गरेपनि नेकपा साँसद भोज प्रसाद श्रेष्ठ र बिष्णु पन्थीले पोखरेलको ह्वीप उल्लंघन गरेका छन् ।

सभामुखले भोलि १२ बजे बस्नेगरि संसद बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ४० बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात