२७ श्रावण २०८३, बुधबार | August 12, 2026

नागरिकलाई धोका दिएको भन्दै रुपन्देहीका २ हजार बढी नेकपाका पार्टी सदस्यहरुबाट पार्टी परित्याग



बुटवल । प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरुले जनभावना अनुरुप पार्टी नचलेको, औचित्य विना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

रुपन्देहीका विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना नेकपाका कार्यकर्ताले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

राजीनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पुर्व अध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पर्यटन ब्यवसायी माधव नेपाल, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही ब्यापार संघका अध्यक्ष याम लोहनी, पश्चिम नेपाल यातायात ब्यवसायी प्रा.लिका संचालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : १६ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको