६ असार २०८३, शनिबार | June 20, 2026

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनलाई संगठन सुदृढीकरण र नेतृत्व विकासको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।

भरतपुरस्थित दियालो फुडल्यान्डमा शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशनमा सहभागी सबै नेता तथा कार्यकर्तालाई सकारात्मक सोच र मर्यादित प्रतिस्पर्धाको संस्कृतिलाई आत्मसात् गर्न आग्रह गरे।

लामिछानेले रास्वपाको वर्तमान अवस्था हजारौं सदस्य, समर्थक र नेता–कार्यकर्ताको निरन्तर योगदान र विश्वासको परिणाम भएको उल्लेख गर्दै आगामी महाधिवेशनले पार्टीलाई अझ संगठित, सक्षम र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

उनले प्रतिस्पर्धालाई विभाजनको आधार नभई क्षमता प्रदर्शन र नेतृत्व विकासको माध्यमका रूपमा लिनुपर्ने बताए। महाधिवेशनपछि पद र जिम्मेवारी फरक–फरक भए पनि सबैले साझा उद्देश्यका साथ पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीले पछिल्लो समय विभिन्न राजनीतिक तथा कानुनी चुनौतीहरू सामना गरिरहेको सन्दर्भ उल्लेख गर्दै लामिछानेले कठिन परिस्थितिमा पनि पार्टीसँगै उभिएका नेता–कार्यकर्ता र समर्थकप्रति आभार व्यक्त गरे। उनले चुनौतीपूर्ण अवस्थामासमेत संगठनप्रति देखाइएको प्रतिबद्धताले रास्वपालाई थप बलियो बनाएको बताए।

सभापति लामिछानेले आगामी दिनमा एकता, अनुशासन र साझा लक्ष्यका साथ अघि बढ्न सके रास्वपाले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो भूमिका अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ४ : १६ बजे

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको

भरतपुरमा रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक बसिरहेको

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त