खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर सहित १ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय, खजुराको संयुक्त टोलीले खजुरा(५ उढरापुरबाट ३५ ग्राम १९० मिली ग्राम ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खजुरा ५ उढरापुरका ३१ वर्षीय मुजमिल खाँ रहेका छन् । हुलाकी राजमार्ग अन्तर्गत खजुरा ५ उढरापुरको प्रतिक्षालय नजिकै सडकमा शंकास्पद अवस्थामा उभिइरहेका खाँलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट ३५ ग्राम १९० मिलीग्राम ब्राउनसुगर फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए ।
पक्राउ परेका खाँलाई लागुऔषध कारोवारको कसुरमा जिल्ला अदालत बाँकेबाट ८ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया