काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच भेटघाट भएको छ।
चार दिने नेपाल भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देल बीच जङ्गी अड्डा, भद्रकालीमा शिष्टाचार भेटघाट भएको हो ।
भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटघाटअघि स्थल सेनाध्यक्ष सेठ सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण गरेका थिए। त्यसपछि उनलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो।
सेठलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल र भारतका सेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने प्रचलन छ।


















प्रतिक्रिया