१७ आश्विन २०८३, शनिबार | October 3, 2026

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष स्थापना



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ । पाँच वटा कक्ष रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परिक्षण र आकस्मिक सेवा प्रदान गरिने उहाँले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार डेस्कमा आठ जना चिकित्सक, पारामेडिक्स (आपत्कालीन स्वास्थ्य सेवाकर्मी) तथा नर्सहरू रहनेछन् भने मधुमेह, उच्च रक्तचापको जाँचसहित सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निःशुल्क सेवा प्रदान गरिनेछ ।

यसैगरी प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको डा केसीले उल्लेख गर्नुभयो । त्यसका लागि महाधिवेशनस्थलमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल ड्युटी’को व्यवस्थासमेत गरिएको छ भने होटलमा रहेको अवस्थामा प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको डा. केसीले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : ०३ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

भोटेकोशीमा बेपत्ता टेकराजलाई श्रीमती कालिका खड्का लेख्छिन् -‘प्रिय ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…’

काठमाडौँ ।प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

पश्चिम नेपालबाट मनसुन बाहिरिन थाल्यो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ।