१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालगन्जमा १८ वर्षीया किशोरीसहित थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१०, भृकुटीनगर, का ६१ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदो की १८ वर्षीया किशोरीको पनी उपचारकै क्रममा मृत्यु भएको छ ।

भृकुटीनगर निवासी ६१ वर्षीय वृद्ध पुरुषको शनिवार राति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

असोज २५ गते अस्पताल भर्ना भएका वृद्ध पुरुषको श्वासप्रश्वासमा समस्या थियो । संक्रमित पुरुषलाई प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले खबरकुरालाई बताए ।

मृतक पुरुषको असोज २४ गते स्वाब संकलन गरिएको थियो भने पीसीआर रिपोर्टअसोज २५ गते पोजिटिभ आएको थियो ।

त्यस्तै असोज २९ गते अस्पताल भर्ना भएकी कारकाँदो निवासी १८ वर्षीया किशोरीको शनिबार राति ९:३० बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखीएको संक्रमित किशोरीलाई उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको फोकल श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : २३ बजे

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय