३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

भेरी अस्पताल नेपालगन्जमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु



बाँके । भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बर्दियाका एक र कैलालीका एक गरी दुई महिलाको मृत्यु भएको हो ।

बर्दिया मधुवन नगरपालिका-४ की ७० वर्षीया महिलाको गएराती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार गएको २ गते बर्दियामा पीसीआर परीक्षण जाँच गर्दा ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो ।

त्यस्तै कैलाली भजनी नगरपालिका-६ की ५२ वर्षीया महिलाको ७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई त्यसैदिन अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको गएराती ८ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ११ : ३८ बजे

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न