१ चैत्र २०८२, आइतबार | March 15, 2026

बर्दियाका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु



नेपालगन्ज । बर्दियाका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका-६ का ४२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आइतबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वाव दिएका थिए । १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । डेंगुको संक्रमण समेत रहेका ती पुरुषको ११ दिन कोहलपुरमै उपचार गरिएको थियो ।

भेन्टिलेटर सहितको थप उपचारका लागि उनलाई २७ गते भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । उनलाई पलाज्मा थेरापीबाट समेत उपचार गरिएको श्रेष्ठले बताए ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ४४ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र