७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

रुपन्देहीमा आज पनि थपिए १३७ नयाँ संक्रमित, बुटवलमा थपिए ६३ जना



बुटवल । रुपन्देहीमा आज पनि ३ अंकमै नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार सोमबार रुपन्देहीमा ५८ जना पुरुष र ७९ जना महिला गरि १३७ जनामामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार पनि बुटवलले नै संक्रमित थप्ने अग्रता लिएको छ । बुटवलमा ६३ जना नयाँ संक्रमित थपिएकाछन् भने सिद्धार्थनगरमा २३ जना, तिलोत्तमामा १९ जना, कन्चनमा १८ जना, देवदहमा ७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैना र मायादेबीमा २।२ जना तथा ओमसतिया, मर्चवारी र सियारीमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा सोमबार सम्ममा ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा ५१ जनाको मृत्यु भएको छ भने २०३९ जना कोरोना मुक्त हुने अवधि कुरेर आइसोलेसनमा बसेका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ३७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल