१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाँकेमा रातपरेपछि कोरोना संक्रमितको धमाधम मृत्यु, आजमात्र ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचार गर्न बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमितको मृत्यु हुने क्रम जारी रहेको छ । मध्यान्ह बर्दिया ठाकुरद्धाराका २९ वर्षीय युवाको मृत्यु पछि कोरोना पुष्टि भएसँगै रात छिप्पिँदै जाँदा २ जना थप कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार राती ८ः१५ बजे बर्दिया बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ भने राती ९ः०९बजे दाङका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बर्दिया बाँसगढीका ती पुरुष आइतबार साँझ वेष्टर्न अस्पताल नेपालगन्ज भर्ना भएकोमा कोरोनाको लक्षण देखिएपछि उनको स्वाव संकलन गरिएको थियो । आज साँझ ५ बजे मात्र उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रि आइसोलेसन वार्डमा भर्ना भएका उनलाई अक्सिजन, एन्टिबायोटिक लगायतको बिधिबाट उपचार गर्दा पनि बचाउन नसकिएको ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि आजै दाङ घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । २३ गते भेरी अस्पतालमा भर्ना भएका उनको आज सोमबार बिहान स्वाव संकलन गरिएकोमा उनको मृत्यु भएको १ घण्टा पछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको आज सोमबार राती ९ः०९ बजे मृत्यु भएको थियो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचारकालागि ल्याईएका ३२ जना कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद