७ पुस २०८२, सोमबार | December 22, 2025

भेरी अस्पताल नेपालगन्जमा बर्दियाका थप १ जना संक्रमितको मृत्यु, पछिल्लो २४ घण्टामा बर्दियाका ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचारका लागि बर्दियाबाट ल्याईएका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया राजापुसर नगरपालिका ८ का ३२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कार्तिक १३ गतेदेखि भेरी अस्पतालमा भर्ना रहेको उनको १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले उनको उपचारका क्रममा रेडमिसिविर, प्लाज्मा थेरोपी लगायतको उपचारको पद्दती अपनाउँदा पनि उनको आज ११ बजे मृत्यु भएको ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाँकेमा उपचारका लागि अन्य जिल्लाबाट आएका मध्य ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र बर्दियाबाट उपचारका लागि आएका ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : ३४ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले