२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँके खजुराका युवाले बिना धितो ऋण पाउने



नेपालगन्ज । बाँकेको खजुरा गाँउ पालिकाले राष्ट्रिय बाणिज्य बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदानमा सम्झौता गरेको छ ।

आज एक कार्यक्रमका बीच खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनीप्रदेश प्रमुख आनन्द सुवेदीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गाँउपालिकाका अनुसार विभिन्न ७ शीर्षकमा प्रवाहगरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्र भित्रका करीब १ सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिने छ । खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिना धितो सहुलियत कर्जा प्रदानगर्ने नीति अवलम्बन गरे बमोजिम यो सम्झौता गरिएको गाँउपालिकाले जनाएको छ ।

कृषि तथा पशुपालन, सीपमूलक र उत्पादन लगायतका क्षेत्रमा लगानीका लागि सिफारिस गरिने पालिकाले नीति बनाएको छ ।

सहुलियत कर्जा महिला उद्यमीका लागि १ दशमलव ६ र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत ब्याज रहेको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै पालिका प्रमुख कक्षपतिले स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि बुधबार देखिनै कार्यान्वयनमा जाने बताए ।

राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुबेदीले निर्वाहमुखी नभई व्यवसायिकरणमा जानका निम्ति सहुलियतपूर्ण कर्जा दिईने गरेको बताए ।

रा बा बैंक कृषि ऋण अधिकृत रोशन सुवेदीले ७ शीर्षकमा प्रदान गर्ने सहुलियतपूर्ण कर्जाबारे जानकारी दिदै ब्याज जोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : ०२ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी