८ पुस २०८२, मंगलबार | December 23, 2025

विश्वमा कोरोना संक्रमणबाट एकैदिन सात हजार ३ सय ७५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट सात हजार ३७५ जना संक्रमितले मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज ९सोमबार० बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३६ प्रतिशत हो । हालसम्म विश्वभर पाँच करोड ८९ लाख ६७ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कूल संक्रमितमध्ये ६९.११ प्रतिशत अर्थात् चार करोड सात लाख ५५ हजार ३६१ जना उपचारपछि निको भइसकेका छन् । बाँकी एक करोड ६८ लाख १८ हजार ९४० जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ दुई लाख ६२ हजार ६९४ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप ८६४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६९ हजार १९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३३ हजार ७७३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख एक हजार ३७३, बेलायतमा ५५ हजार २४, इटलीमा ४९ हजार ८२३, फ्रान्समा ४८ हजार ७३२, स्पेनमा ४२ हजार ६१९, इरानमा ४४ हजार ८०२, पेरूमा ३५ हजार ५९५, अर्जेन्टिनामा ३७ हजार, कोलम्बियामा ३५ हजार २८७ तथा रसियामा ३६ हजार १७९ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ४४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको