३ चैत्र २०८२, मंगलबार | March 17, 2026

विश्वभर हालसम्म ४ करोड ४४ लाखले जिते कोरोना



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म संसारभरका ४ करोड ४४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ४४ लाख २४ हजार ६० जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख ८५ हजार ७०९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६ करोड ४१ लाख ७२ हजार २२४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ७६ हजार ९६९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ४१ लाख ६ हजार ३६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८० हजार ५१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार ६०४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५०० जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ४५६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९४ लाख ९९ हजार ७१० पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६३ लाख ८८ हजार ५२६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७३ हजार ८६२ पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : १६ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा