३ असार २०८३, बुधबार | June 17, 2026

पछिल्लो २४ घन्टामा ७ सय २२ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार संक्रमण पुष्टि भएकामा ४ सय १२ पुरुष र ३ सय १० महिला गरी ७ सय २२ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै कूल संक्रमितकाे संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेकाे छ । काठमाडाैं उपत्यकामा मात्र ३ सय ३५ जना थपिएकाे छ । जसमध्ये काठमाडाैंका ३ सय, ललितपुरका ४२ र भक्तपुरका २३ जना रहेका छन् ।

पछिल्लाे २४ घन्टाकाे अवघिमा ९ सय ६६ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् । याेसँगै निकाे हुनेकाे संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेकाे छ । नेपालमा निकाे हुने दर ९६ दशमलव ३ प्रतिशत रहेकाे छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । काेराेना भाइरसबाट मृत्यु हुनेकाे कूल संख्या १ हजार ७ सय ९८ पुगेकाे छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ०१ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ