२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पछिल्लो २४ घन्टामा ७ सय २२ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार संक्रमण पुष्टि भएकामा ४ सय १२ पुरुष र ३ सय १० महिला गरी ७ सय २२ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै कूल संक्रमितकाे संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेकाे छ । काठमाडाैं उपत्यकामा मात्र ३ सय ३५ जना थपिएकाे छ । जसमध्ये काठमाडाैंका ३ सय, ललितपुरका ४२ र भक्तपुरका २३ जना रहेका छन् ।

पछिल्लाे २४ घन्टाकाे अवघिमा ९ सय ६६ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् । याेसँगै निकाे हुनेकाे संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेकाे छ । नेपालमा निकाे हुने दर ९६ दशमलव ३ प्रतिशत रहेकाे छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । काेराेना भाइरसबाट मृत्यु हुनेकाे कूल संख्या १ हजार ७ सय ९८ पुगेकाे छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ०१ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै