१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रचण्ड–नेपाल पक्षीय नेकपा नेताहरु निर्वाचन आयोगमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय सदस्य र सांसदहरुले निर्वाचन आयोग पुगेर आफुहरु नै बैधानिक नेकपा भएको दाबी पेश गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएर केहीबेर धर्नामा बसेका नेताहरु थापाथली, त्रिपुरेश्वर, सुन्धरा, जमल हुँदै कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा ‘संसद विघटन मान्दैनौं अरु कुरा जान्दैनौं’, ‘हामी यहाँ छौं’ जस्ता नारा लगाएका थिए ।

धर्ना र जुलुसको नेतृत्व पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सबै केन्द्रीय सदस्य र सांसदहरुले आयोग पुगेर आफ्नो वैधतालाई तलमाथि नगर्न आयोगलाई सचेत बनाए ।

आयोगका प्रमुख आयुक्तहरुसहितको छलफलमा आयोगका पदाधिकारीहरुसँग  अध्यक्षद्वय र वरिष्ठ नेताहरु सहभागी भएका थिए ।

प्रचण्ड र नेपाल आजै बहुमत सांसदहरुको उपस्थितिसहित सर्वोच्च अदालतमा पनि जाने कार्यक्रम छ। प्रचण्ड नेपाल पक्षले आजै दिउँसो २ बजे कार्की पार्टी प्यालेस बबरमहलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ११ : ५९ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव