२० बैशाख २०८३, आइतबार | May 3, 2026

सरकारी सेवासुविधा लिनका लागि पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न होटल व्यवसायी महासंघका अध्यक्ष शाहको आग्रह



बुटवल । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले मुलुक भरका होटल व्यवसायीहरुले सरकारी सेवासुविधा लिनका लागि पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न आग्रह गरेका छन ।

उनले ठुला लगानीका व्यवसायीले सरकारबाट राहत लिनका लागि अनिवार्य रुपमा पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न जरुरी रहेको औल्याए । मुलुक भर ८० हजार होटल व्यवसायी रहेको र उनिहरुले वार्षिक २० अर्ब सरकारलदाई करतिर्ने गरेको समेत अध्यक्ष शाहले बताए ।

उनले होटल तथा पर्यटन व्यवसायीले मुलुकमा ३ खर्ब रुपैयां लगानी गरेकोले लगानीको सुरक्षाका लागि सरकार गम्भिर हुनु पर्नेमा जोड दिए ।

कोरोना माहामारीले थला परेको होटल व्यवसायीलाई सरकारी सर्पोट ल्याउनका लागि पनि अनिवार्य रुपमा पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्नुपर्ने भएकोले दर्तामा जान व्यावसायीलाई आह्वान गरे ।

बुटवलको राजमार्ग चौराहामा शुक्रबारदेखि नयां व्यवस्थापन र आधुनिक शैलीमा संचालनमा ल्याईएको रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टको शुभारम्भ गदै अध्यक्ष शाहले व्यवसायीलाई सहुलियपूर्ण ऋणका लागि महासंघले ग्लोबल आईएमई बैकंसंग सम्झौता गरेको पनि बताए ।

रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टका संचालक यमु थापाले आधुनिक शैली र पारिवारीक रुपमा व्यवस्थापन गर्ने गरि २ करोडको लागतमा व्यवसाय संचालन गरेको बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ रुपन्देहीका महासचिव माधव कुमार खनाल, म्यानेजर महेश सिंह, अर्जुन थापा नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवाल लगातले पर्यटन व्यवसाय कोरोनाले धरासायी भएकोले सरकारले राहात प्रदान गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ४१ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज