१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

अत्याधुनिक मार्केटमा आउने उपभोक्ताले पनि सहज र सुलभ सेवा पाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल



बुटवल । सुपर मार्केटको बजारमा बुटवलमा एकाधिकार कायम गरेको भाटभटेनी सुपर मार्केटको प्रतिस्पर्धामा डेल्टा एजुकेशन मार्ट र अन्नपूर्ण हाइपर मार्केटले संचालनमा ल्याएको नयाँ सुपर मार्केटले सोमबारबाट औपचारिक कारोबार सुरु गरेको छ ।

बुटवलको मिलनचोकमा खुलेको अत्याधुनिक सुपर मार्केटको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरेका छन्।

सुपर मार्केटको उदघाटन गर्दै उपाध्यक्ष ढकालले निजी क्षेत्रबाट संचालनमा आएका यस्ता सुपर मार्केटहरुले उपभोक्तालाई सहज र सुलभ सेवा उपलब्ध गराउनु पर्ने बताए ।

ढकालले गैर व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुको लगानीमा खुलेको व्यवसायिक प्रतिष्ठानले सफलता हासिल गर्नेमा आफु विश्वस्त रहेको बताए । उनले कारोबार संचालनमा बाधा व्यवधान आए उद्योग वाणिज्य महासंघ मध्यस्तता गर्न तयार रहेको जनाए ।

सरकार तथा सरोकारवाला निकायबाट आउन सक्ने समस्या समाधान गर्न महासंघ सदैव तयार रहेको उल्लेख गर्दै ढकालले मार्टबाट बुटवल र यस आसपासका उपभोक्ताहरुले गुणस्तरीय र सुलभ सेवा पाउने विश्वास व्यक्त गरे ।

ढकालले आफ्नो कम्पनीले निकट भविष्यमा बुटवलको बसन्तपुरसम्म केवलकार संचालनको तयारी गरिरहेको पनि जानकारी दिए ।

कार्यक्रममा मार्टका तर्फबाट डेल्टा एजुकेशन मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले शिक्षण पेशामा ५० औ वर्ष बिताएका शिक्षकहरुको सानो सानो लगानीबाट सुरु भएको एजुकेशन मार्टको स्तरोन्नती गर्दै अन्नपूर्ण हाईपर मार्केट बनाउन सफल भएको जानकारी दिए ।

उपाध्यायले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुका साथै उपभोक्ताको सहज पहुँच र सुलभ उपलब्धतालाई मार्टले ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

डेल्टाको ३४ करोड र अन्नपूर्णको ५ करोड लगानीमा आजबाट संचालनमा आएको मार्टमा ग्रोसरी, गिफ्ट आईटम, स्टेसनरी, पाठ्यपुस्तक, खेल सामाग्री तथा शैक्षिक उपयोगका फर्निचरहरु उपलब्ध रहेका छन् ।

मार्टमा कृषि क्षेत्रको स्थानीय उत्पादन तथा छपियाको माछा, ताजा तथा फ्रोजन मिटहरु समेत उपलब्ध रहेको संचालकहरुले बताएका छन् ।

मार्टभित्रै बनाइएको पोखरीमा छपियाको जिउँदो माछा समेत उपलब्ध हुने डेल्टाका संचालक गणेशचन्द्र पोखरेलले बताए ।

कारोबार संचालनको अवसर पारेर माघ मसान्त सम्मका लागि हरेक सामाग्री खरिदमा १० प्रतिशत छुट उपलब्ध गराइएको अन्नपूर्ण हाइपर मार्केटका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले जानकारी दिए ।

मार्टले लुम्बिनी प्रदेशकै ठूलो करदाताकारुपमा कारोबार गर्ने लक्ष्य राखेको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : ५४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग