४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौंमा आज ओली पक्षको मोटरसाइकल र्‍याली हुदैँ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज काठमाडौंमा मोटरसाइकलको र्‍याली गर्दैछ ।

बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्न लागिएको हो ।

माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने तयारी स्वरुप नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा १० हजार मोटरसाइकल र्‍याली निकाल्ने दावी गरिएको छ ।

मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमलचोक, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातो पुल, गौशाला, एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ ।

जनसभा परिचालन कार्यक्रमको सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारी ललितपुरमा रहेको छ ।

बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष पोखरेलको अध्यक्षतामा २५ सदस्य सचिवालय गठन भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको