२२ बैशाख २०८१, शनिबार | May 4, 2024

प्रचण्ड-नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारमा



काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विकसित नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सांसदहरुलाई जानकारी गराएका छन् ।

बैठकमा सुरुमा कुरा राख्दै अध्यक्ष माधवकुमार नेपालले ओली तर्फ गएका सांसदहरु फर्किन चाहेको बताएका थिए । अध्यक्ष नेपालले ओली पक्षमा भएका सांसदहरुलाई ल्याउनका लागि थप पहल गर्न समेत आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेसँगै प्रचण्ड नेपाल नेकपा उत्साहित भएको छ । नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ । बैठक अहिले पनि जारी छ । धेरै सांसदहरु काठमाडौं बाहिर भएका कारण सबैको उपस्थिति हुन नसकेको नेकपाले जनाएको छ ।

सबै सांसदहरुको उपस्थिति भएपछि संसदीय दलको औपचारिक बैठक बस्ने बताइएको छ । सरकारले प्रतिनिधि सभा विघटन गरेकै दिन प्रचण्ड–नेपाल पक्षका ९० जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसदहरु ओली पक्षमा लागेका छन् । तर, प्रतिनिधिसभा पुनर्स्थापित भैसकेका कारण ओली समुहमा रहेका केही सांसद आफ्नो समुहमा आउने प्रचण्ड नेपाल नेकपाले दाबी गरेको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ४९ बजे

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका