१० चैत्र २०८२, मंगलबार | March 24, 2026

म्यानमारमा नागरिकमाथि सैन्य दमन विरुद्ध काठमाडौंमा प्रदर्शन



काठमाडौं । म्यानमारको सैन्य सरकारले नागरिक प्रदर्शनमाथि गरिरहेको हिंसात्मक दमनको विरोधमा नेपालमा प्रदर्शन भएको छ ।

नख्खु भैंसेपाटीस्थित म्यानमारको दूतावासअगाडि नागरिक आन्दोलनको अगुवाईमा प्रदर्शन भएको हो । सैन्य जुन्ता शासकले प्रजातन्त्र बहालीका लागि भएको आन्दोलन दबाउन अत्याधिक बल प्रयोग गर्दा कैयौं नागरिकको मृत्यु भैसकेको छ ।

दूतावास अगाडि भएको प्रदर्शनमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले डा. गोविन्द केसी, युग पाठक लगायत सहभागी थिए । उनीहरुले प्रजातन्त्र पुनर्वहालीको माग गरेका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यानमारका नागरिकहरुलाई एक्येवद्धता जनाउन सडकमा आएको बताए । अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै संग्रौलाले मानमारका नागरिकले जित्ने पनि बताए ।

निर्वाचनमा आफु समर्थक पार्टीको पराजय भएपछि सैनिक शासकले गत फेब्रुअरी १ तारिखमा संसद भंग गरेर प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबै राजनीतिक नेताहरुलाई बन्दी बनाएको छ । त्यसपछि सुरु भएको प्रदर्शनमा हालसम्म ५ जना भन्दा बढी म्यानमारी नागरिकको मृत्यु भएको छ ।

गत बुधबार एकै दिनमा प्रहरीको गोली लागि ३८ जनाको मृत्यु भएको थियो । सुरक्षा फौजले कैयौं शहरहरुमा चेतावनी नदिइकन गोली चलाएको थियो ।

संयुक्त राष्ट्रसंघ लगायत विश्वका कैयौं देशहरुले निहत्था नागरिकमाथि भएको सैनिक दमनको कडा विरोध गरिरहेका छन् ।

सैन्य शासकले प्रदर्शनमा प्रतिबन्ध लगाए पनि दैनिक दशौं हजार प्रदर्शनकारीहरु सडकमा उत्रिरहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : २० बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको