१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता छ, वैदेशिक हस्तक्षेप विरुद्ध अन्तिमसम्म लड्छौं : विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंमा आयोजित सरकार र नेकपाबीचको सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग भएको तीन बुँदे सहमतिलाई आफ्नो पार्टीले इमान्दारितापूर्वक पालना गर्ने बताएका हुन् । विप्लवले सबै पक्षले सरकारसँग भएको सहमतिमा देश बनाउने आकांक्षा लुकेको बताए ।

विप्लवले भने, ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ ।’

विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताए । विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’

महासचिव विप्लवले नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना रहेको बताए । उनले देशमा वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै विदेशी हस्तक्षेप विरुद्ध शरीर धर्तीमा बिलाउन्जेल संघर्ष गरिरहने प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ४० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना