११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

पुष्पकमल दाहाल प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

प्रचण्ड नेपाल पक्षको नेकपानिकट सांसदहरुको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड नेपाल पक्षले ओलीलाई कारवाही गरेर प्रचण्डलाई दलको नेता भएको घोषणा गरेको थियो । तर, कानुनी रुपमा वैधता दिनेगरी सो पार्टीले आज औपचारिक रुपमा दलको नेता चयन गरेको हो ।

संसदीय दलका मुख्य सचेतक देव गुरुङले भने, ‘यसअघि हामीले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेका थियौं । तर त्यतिबेला प्रतिनिधिसभा नभएको हुँदा केही कानुनी विषय बाँकी रह्यो । अहिले विधिवत रुपमा अध्यक्ष कमरेड प्रचण्डलाई चयन गरेका हौं ।’

जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । दलको नेताको प्रस्ताव माधव कुमार नेपालले गरेका थिए भने पम्फा भुषालले समर्थन गरेकी थिइन ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ०९ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र