१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी, ठूलो परिमाणमा पेट्रोलियम पदार्थ नष्ट



बुटवल । रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौंको क्षेती भएको छ । आज साँझ गैडहवा गाउपालिका वडा नं ७ गुलरियामा चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।

नेपाल आयल निगमबाट डिजल लिएर आएको ट्यांकरबाट डिजेल खन्याउने क्रममा आगलागी भएको बताईएको छ । आगलागी भएलगत्तै आगो निभाउने क्रममा पन्प संचालक हेमन्त चौत्ररी घाईते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले बताए ।

आगलागी बाट पम्पमा स्टक रहेको सबै पेट्रोलियम पदार्थ जलेर नष्ट भएको छ भने तेल बोकेर आएको ट्यांकर समेत जलेर नस्ट भएको प्रहरीले जनाएको छ । दुईवटा बारुणयन्त्रले आगो नियन्त्रणमा आएको डीएसपी थापाले बताए । आगलागीको कारण भने पत्ता लागेको छैन ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ५१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज