४ पुस २०८२, शुक्रबार | December 19, 2025

बर्दियाकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु, बाँकेमा ४१ जनामा संक्रमण पुष्टि



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देशका विभिन्न जिल्लामा बढ्दै जाँदा बाँके जिल्लामा पनि निरन्तर बढ्दै गएको छ ।

कोरोना संक्रमणकै कारण भेरी अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ ।

अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाको गेरुवा ३ की ७५ वर्षीया वृद्धाको सोमबार दिउसो १ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतक महिला यही चैत २३ गते अस्पताल भर्ना भएकी थिइन ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएर मृत्यु हुनेको संख्या ९१ पुगेको छ । केही दिनअघिसम्म बाँकेमा कोरोना संक्रमण दर शुन्यमा झरेको थियो ।

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याईं गरिँदा र भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरुलाई चेकजाँचको उचित व्यवस्था नहुँदा बाँके पुनः कोरोना हटस्पट बन्ने हो कि भन्ने चिन्ता थपिँदै गएको छ ।

सोमबार मात्रै नेपाल भारत सीमानाका जमुनाहमा तीन जनामा कोरोना देखिएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको