७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकार उदासिन भएको कांग्रेसको आरोप



काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोभिड—१९ (कोरोना भाइरस) को महामारी नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएको छ । कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै महामारीले विकराल रुप लिन खोज्दा समेत सरकार उदाशिन देखिएको आरोप लगाएका छन् ।

महतले प्रकाशन गरेको विज्ञप्तिमा कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना हुनुका साथै फेरि संक्रमण विस्तार हुन सक्ने अवस्था रहेपनि सोको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार उदासिन देखिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अहिले संक्रमितको संख्या ह्वातै बढेको र गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने संक्रमितको संख्या र मृतकको संख्या पनि बढ्दै गएको भन्दै भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई पार्टीले गम्भीर रुपमा लिएको लेखिएको छ ।

कांग्रेसले संक्रमण रोक्न सरकारसँग ८ बुँदे माग समेत गरेको छ । कांग्रेसले गरेको मागमा स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गरिनुपर्ने, सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच गरिनुपर्ने, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाइनुपर्ने, खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्नुपर्नेलगायतका रहेका छन् ।

कांग्रेसले गरेका मागहरु :
(१) गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस् ।

(२) अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस् ।

(३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस् ।

(४) कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पु¥याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस् । खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस् ।

(५) स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ । स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस् ।

(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।

(७) देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्न समेत माग गर्दछौं ।

(८) समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज