२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मंगलबार थपिए ५ सय बढी कोरोना संक्रमित, काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित



काठमाडौं । कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ५१७ जना नयाँ करोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाले ज्यान गुमाएका छन् ।

हिजो सोमबार मुलुकभर ५५९ जना कोरोना संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

आजको तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ रहेको छ ।

आजपनि सबैभन्दा बढी काठमाडौ उपत्यकामा नै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ०३ बजे

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा