४ माघ २०८२, आइतबार | January 18, 2026

वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस



काठमाडौं । कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकले विद्यालयहरु बन्द गर्न सिफारिस गरेको हो । बैठकले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णय अनुसार हुने निर्णय गरेको छ ।

सीसीएमसी बैठकले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागु हुनेछ ।

कोरोना भाइरसको दोस्रो लहर तिब्र बनेपछि जनस्वास्थ्य विज्ञहरुले कम्तिमा तीन साता विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत विद्यालय बन्द गर्न सुझाव दिए पनि शिक्षा मन्त्रालयले भने कुनै निर्णय गरेको छैन ।

सीसीएमसी बैठकले कोरनासम्बन्धी नयाँ मापदण्ड समेत जारी गर्नेभएको छ ।

 

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : ०३ बजे

समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड