१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रोकिएन बाँकेमा संक्रमित थपिने क्रमः आजपनि थपिए ३८८ नयाँ कोरोना संक्रमित



नेपालगन्ज । झण्डै एकसाताबाट थपिन थालेको कोरोनो संक्रमणको रफ्तारले बाँकेमा आज पनि निरन्तरता पाएको छ । बाँकेमा रहेका तीनवटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा कुल ४८२ जनाको कोरोना परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा पीसीआर ल्यावमा २७६ जनाको नमुनामध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएका १०७ जनाको नमुनामा ७३ जना, बागेश्वरी डाइग्नोशिस केन्द्रमा परिक्षण गरिएका ७४ जनाको नमुनामा ५९ जना तथा जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा २५ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

फोकलपर्शन ओलीका अनुसार संक्रमितहरु अधिकांस बाँके जिल्ला भित्रका र केही बाहिरी जिल्लाका समेत रहेका छन । बाँकेमा आजै २ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु समेत भएको थियो ।

हरेकदिन ठूलो संख्यामा कोरोना संक्रमिण थपिँदै गएपछि स्थानीय प्रशासानले आजै बाट ७ दिनका लागि जिल्लाको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ८ : ४१ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।