१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा थपिए ३४३ नयाँ कोरोना संक्रमित, ९८ जना सिकिस्त संक्रमितको बिभिन्न अस्पतालमा उपचार हुँदै



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा ल्याव र जमुनाहा स्थित हेल्प डेस्कको एन्टिजेन परिक्षणको रिपोर्टबाट आज ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १९५ नमुना परिक्षण गर्दा १६२ नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा ९४ नमुनामा ६७ पोजेटिभ तथा बागेश्वरी डाइग्नोशिस केन्द्रमा १५२ नमुना परिक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता जमुनाहा नाकामा भारतबाट फर्कँदै गरेका नेपालीहरुको एज्टिजेन परीक्षणमा १३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा जिल्ल बाहिरबाट आएर उपचारका क्रममा मृत्यु भएकाहरु सहित अहिलेसम्ममा १९० जनाको मृत्यु भईसकेको छ । अहिले पनि बाँकेमा ९८ जना सिकिस्त संक्रमितहरुको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । बाँकेका कोरोना फोकलपर्शन तेज ओलीका अनुसार भेरस् अस्पतालमा उपचाररत २०३ जना मध्य ६८ जना सिकिस्त अवस्थामा छन् भने नेपालगन्ज मडिकल कलेजमा २६ जना र कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ४ जना संक्रमित सिकिस्त अवस्थामा छन् । बाँकेमा ११ जना संक्रमितलाई भेन्टिलेटरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : ०० बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल