१८ श्रावण २०८३, सोमबार | August 3, 2026

‘लकडाउन’मा गुनासो सुन्न सीसीएमसीको ‘टोल फ्री’ संयन्त्र



काठमाडौं । राज्यका तल्ला निकयले ‘लकडाउन’का बेला दुःखमा परेका सर्वसाधारणको समस्यामा बेवास्ता गरेको जनगुनासो बढेपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्रस्तरमा गठन भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिधै जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने संयन्त्र तयार गरेको छ । कोरोना सङ्क्रमण र ‘लकडाउन’मा जनताका गुनासा सम्बोधन गर्नका लागि सीसीएमसीले संयन्त्र गठन गरेको हो । सिसिएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

प्रेस सल्लाहकार पाण्डेका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने छ भने सर्वसाधारणले शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न सक्ने छन् ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न सीसीएमसीले आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यका लगायत मुलुकको धेरै स्थानहरुमा वैशाख मसान्तसम्म लकडाउनको घोषणा गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  २ : ४० बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा

सिन्धुलीमा बसको ठक्करपछि सुनकोशीमा कार वेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार बिहान

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती