१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना संक्रमणको रफ्तार तिब्र गतिमा बढ्दै; शुक्रबार थपिए झण्डै ५८०० नयाँ संक्रमित, ३३ को मृत्यु



काठमाडौं । शुक्रबार कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा झण्डै ५ हजार ८०० नयाँ संक्रमित थपिएका छ् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले शुक्रबार अपरान्ह अपेडेड गरेको पछिल्लो तथ्यांक अनुसार १५ हजार १९६ परीक्षण गर्दा ५ हजार ७९७ नयाँ संक्रमित थपिएका हुन् ।

१५ हजार ३९१ आरटीपीसीआर गर्दा ५ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, ५२५ एन्टीजेन परीक्षणमा ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमण मुक्त भएका छन् ।

मृत्यु हुनेको संख्या आज पनि ३० भन्दा माथि रहेको छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतकको संख्या ३३ रहेको र २४ घण्टाभित्र मृत्यु भएकाहरुको संख्या २८ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ३७ बजे

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक