१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा डिस्चार्ज हुनेको संख्या बढ्यो, मृत्युदर घट्यो, २४ घण्टामा ३८० संक्रमित थपिँदा २९३ जना डिस्चार्ज



नेपालगंज । बाँकेमा कोरोना जितेर घर फर्किनेको क्रम बढेको छ भने मृत्युको दर पनि केहि घटेको देखिएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा ७६ वर्षीय वृद्ध सहित २ सय ९३ जना संक्रमणमुक्त भई घर फर्किँदा सोमबार सम्म १० बढी संख्यामा मृत्युको घटना आउने बाँकेमा बुधबार ४ जनाको मात्र मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सोमबार बाँकेमा १२३ महिला र १७० पुरुष गरि थप २९३ जना संक्रमणमुक्त भई घर फर्किएका छन भने पछिल्लो २४ घण्टामा ४ जनाको मात्र मृत्यु भएको छ ।

बाँकेमा पछिल्लो २४ घण्टामा बाँकेमा ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका ३ पीसीआर प्रयोगशाला मध्य २ वटा पिसिआर प्रयोगशालाबाट प्राप्त रिपोर्टमा १८२ महिला र १९८ पुरुष गरि थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज मेडिकल कलेज ल्यावमा २१९ नमुना परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३८२ नमुना परीक्षण गर्दा २३९ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालाले आज रिपोर्ट नपठाएको फोकल पर्सन ओलीले बताए । कुल संक्रमित ४२४ जनामा संक्रमण देखिएकोमा बाँकेका ३८० जना मात्र संक्रमित रहेको उनले बताए ।

जिल्लामा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २२ रहेको छ भने १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

आज मृत्यु भएको सहित बाँकेमा कोरोनाबाट जिल्ला भित्रका १४६ र जिल्ला बाहिरका १२६ गरि २७२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : ०९ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले