२ पुस २०८२, बुधबार | December 17, 2025

बाँकेमा डीसीसीएमसीको ‘बासी’ रिपोर्टले दैनिक संक्रमितको तथ्यांक निकाल्न सकस



नेपालगन्ज । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले २२ घण्टा पहिले सार्वजानिक भएको रिपोर्टलाई समावेश गरेर आज बाँकेमा ७०० जना नयाँ संक्रमित थपिएको विवरण सार्वजानिक गरेको छ । बुधबार साँझ बाँकेका २ वटा ल्यावको मात्र रिपोर्ट सार्वजानिक गरे लगत्तै भेरी अस्पतालले आफ्नो ल्यावको रिपोर्ट सार्वजानिक गरेपनि डीसीसीएमसीले भेरी अस्पतालको बुधबारको रिपोर्ट समेटेर आज रिपोर्ट सार्वजानिक गरेको हो ।

भेरी अस्पतालको पछिल्लो रिपोर्टका आधारमा कतिपय सञ्चारमाध्यममा समाचार आईसकेको छ । डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले आज सार्वजानिक गरेको रिपोर्ट अनुसार नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा १०९ नमुना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाइग्नोशिस सेण्टरमा २८३ नमुना परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको बुधबारको रिपोर्टमा उल्लेख गरिएको ५३५ नमुनामा ४२७ संक्रमण पुष्टि भएको तथ्यांक समेत जोडेर आज ७०० जना संक्रमित थपिएको फोकलपर्शन ओलीले जनाएका छन् । आज सार्वजानिक भएको रिपोर्टमा भेरीको आज सार्वजानिक भएको रिपोर्ट देखाईएको छैन ।

डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन ओलीले केन्द्रीय संकट ब्यवस्थापन केन्द्रले ४ बजे भित्र दैनिक रिपोर्ट सार्वजानिक गर्न दिएको निर्देशन अनुसार ४ बजे पछि आउने रिपोर्ट सोहि दिन समावेश गर्न नसकिएको बताए । उनले ल्यावहरुबाट रिपोर्ट प्राप्त हुने समयको उतारचढावका कारण समस्या आएको बताउँदै आफुले पठाएको रिपोर्टलाई नै आधार मान्न आग्रह गरे ।

डीसीसीएमसीका अनुसार ७०० जना मध्य बाँकेका ५०० जना र बाँके बाहिरका २०० जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ५०८ जना कारोना मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ जना बाँके जिल्ला भित्रका र २ जना जिल्ला बाहिरको रहेको फोकलपर्शन ओलीले जनाएका छन् । ओलीका अनुसार बाँकेमा ५७६ जना बिभिन्न अस्पताल र आइसोलेशनमा बसेर उपचार गराईरहेका छन् भने ३५५९ जना होम आइसोलेशनमा रहेका छन् ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : २० बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको