१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीले आज पनि उछिन्यो प्रदेशका सबै जिल्लालाई, थपिए ७८२ नयाँ संक्रमित, ११ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा आज पनि प्रदेशका सबै जिल्लाहरुलाई उछिन्दै सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२२१ नमुना परीक्षण गर्दा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधीमा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३७१ जनामा संक्रमिण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १३४ जना, सिद्धार्थनगरमा ८३ जना, सैनामैनामा ५८ जना र देवदहमा ५० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सुद्धोधनमा १८ जना, मायादेबीमा १५ जना, सियारीमा १४ जना, कञ्चनमा ११ जना, लुम्बिनी साँस्कृतिक नगरमा ८ जना, ओमसतियामा ५ जना, कोटहिमाईमा ६ जना, रोहिणीमा ४ जना र मर्चवारी र सम्मरीमाईमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा २४ घण्टाकैबीचमा २६० जनालाई कोरोना संक्रमण निको भएको छ । जिल्लामा ६००० जना सक्रिय संक्रमित मध्य २६९ जनामा लक्षण देखिएको छ । रुपन्देहीमा २४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज