१ पुस २०८२, मंगलबार | December 16, 2025

निषेधाज्ञाको १२ औ दिन पुग्दा बाँकेमा कोरोना संक्रमणको ग्राफ घटेन, आज थपिए ७३१ संक्रमित



नेपालगन्ज । बाँकेमा निषेधाज्ञा जारी गरेको १२ औ दिन पुग्दा पनि कोरोनाको ग्राफ घट्न सकेको छैन । जिल्लामा संक्रमण र मृत्युदर दुबै एउटै रफ्तारमा देखिएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १०१८ नमुना परीक्षण गर्दा ७३१ जनामा संक्रमण पुष्टि भएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा ४८० वटा नमुना परीक्षण गर्दा ३४३ जनामा, नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २०२ नमुना परीक्षण गर्दा २५८ जना र बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३३६ नमुना परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको छ । कुल ७३१ मध्य ५०४ जना बाँकेका र अन्य जिल्ला बाहिरका हुन् ।

बाँकेमा आज १०९ जना कोरोना मुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ९ जना र जिल्ला बाहिरका २ जना छन् । आज प्राप्त मृत्युको तथ्यांकसँगै बाँकेका १६९ जना र जिल्ला बाहिरका १३० जना कोरोना संक्रमतिको बाँकेमा मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज