१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बाँकेमा ३२३ जना नयाँ संक्रमित थपिँदा ४०९ जना डिस्चार्ज, ९ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा धेरै दिनपछि थपिने संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै देखिएको छ । जिल्लामा ३२३ जना नयाँ संक्रमित थपिँदा आज ४०९ जना कोरोना मुक्त भएका छन् । आज मात्र १७८ महिला र २३१ पुरुष कोरोना मुक्त भएर डिस्चार्ज गरिएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

आज भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३०५ नमुना परीक्षण गर्दा २२२ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेज ल्यावमा ७३ नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै बागेश्वरी डाइग्नोशिस सेण्टरमा २५१ नमुना परीक्षण गर्दा १६४ जनामा कोरोना संक्रमण देखिएको छ । कुल ४४५ जनामा संक्रमण पुष्टि भएकाेमा बाँकेकाे ३२३ र बाँकी अन्य जिल्लाका हुन् ।

बाँकेमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ, जस्मा १ जना बाँके बाहिरको र ८ जना बाँकेका छन् । अहिले सम्ममा बाँकेका १७७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १३१ जना बाँकेमा आएर उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २५ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक