१ पुस २०८२, मंगलबार | December 17, 2025

यस वर्ष पनि नखुल्ने भए यार्सापाटन



डोल्पा । कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटनहरू बन्द गर्ने निर्णय गरेको हो ।

देशमा कोराना भाइरस सङ्क्रमण तीब्ररूपमा फैलिएकाले यार्सा पाटन पुग्ने दशौँ हजार मानिसको जमघट हुँदा सयौँ नागरिकको ज्यान जानसक्ने खतरा औंल्याइएको छ ।

जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिलगायत सरोकारवालाको भेलाबाट यसवर्ष पनि जिल्लाका सम्पूर्ण यार्सापाटन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।

बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध चोरी निकाशी रोक्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी पचिालन गरेर पाटन भित्रने सम्पूर्ण नाकाहरू बन्द गर्ने निणर्य भएको प्रजिअ ढकालको बताए ।

यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजनसहित सुविधायुक्त आइसोलेशन बेड, क्वारेन्टाइन, स्वास्थ्यकर्मिको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजिन किट मौज्दात राख्नुपर्ने निर्णय समेत गरिएको छ ।

डोल्पाका २०० भन्दा धेरै पाटनमा यार्सागुम्बा पाइन्छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन डोल्पा प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । रासस

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : ५८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष