४ आश्विन २०८३, आइतबार | September 21, 2026

यस वर्ष पनि नखुल्ने भए यार्सापाटन



डोल्पा । कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटनहरू बन्द गर्ने निर्णय गरेको हो ।

देशमा कोराना भाइरस सङ्क्रमण तीब्ररूपमा फैलिएकाले यार्सा पाटन पुग्ने दशौँ हजार मानिसको जमघट हुँदा सयौँ नागरिकको ज्यान जानसक्ने खतरा औंल्याइएको छ ।

जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिलगायत सरोकारवालाको भेलाबाट यसवर्ष पनि जिल्लाका सम्पूर्ण यार्सापाटन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।

बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध चोरी निकाशी रोक्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी पचिालन गरेर पाटन भित्रने सम्पूर्ण नाकाहरू बन्द गर्ने निणर्य भएको प्रजिअ ढकालको बताए ।

यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजनसहित सुविधायुक्त आइसोलेशन बेड, क्वारेन्टाइन, स्वास्थ्यकर्मिको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजिन किट मौज्दात राख्नुपर्ने निर्णय समेत गरिएको छ ।

डोल्पाका २०० भन्दा धेरै पाटनमा यार्सागुम्बा पाइन्छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन डोल्पा प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । रासस

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : ५८ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन