१५ चैत्र २०८२, आइतबार | March 29, 2026

रुपन्देहीमा जेठ १३ गते सम्मका लागि थपियो निषेधाज्ञा



बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म थप गरिएको छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बुधबार बसेको बैठकले निषेधाज्ञा थप्न गरेको सिफारिसका आधारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामङले निषेधाज्ञा थप गरिएको आदेश जारी गरेका हुन् । थप गरिएको निषेधाज्ञा जेठ १३ गते विहान ६ बजेसम्म लागू हुने गरी निरन्तरता दिइएको छ ।

कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बैशाख १६ गतेदेखी ३० गते बिहान ६ बजे सम्म लागु हुने गरि रुपन्देहीमा निषेधाज्ञा लगाइएको थियो । लकडाउनको समयमा अत्यावश्यक काम बाहेक हिडडुलमा रोक लगाइएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ४१ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको