५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेमा थपिए ९०५ नयाँ कोरोना संक्रमित, २४ घण्टामा १५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ९०५ जना कोरोना संक्रमित थपिएका छन् । ३ वटा प्रयोगशालामा गरिएको १२७४ वटा नमुना परीक्षणमा ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०५ मध्उ बाँके जिल्लाका ५१५ जना छन् भने बाँकी अन्य जिल्लाका हुन् ।

डीसीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालमा ९०१ नमुना परीक्षण गर्दा ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजमा १७६ नमुना परीक्षण गर्दा १०१ जना र बागेश्वरी ल्यावमा १९७ नमुना परीक्षण गर्दा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा साही अवधीमा १५ जना अस्पतालहरुमा उपचाररत कोोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेमा ८ जना छन् भने ७ जना अन्य जिल्लाका छन् । बाँकेमा आज ३२३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

बिगत केहिदिन देखि भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्ने एक्सट्रेक्सन किट नहुँदा संक्रमणको दर घटेको देखिएपनि किट आएसँगै संक्रमितको संख्या बढेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ५९ बजे

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र