२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बाँकेमा रातभरीमा थप ५ जना कोरोना संक्रमितकोे मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको राती ९ घण्टाको अवधीमा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका २ जना, बाँकेमा २ जना र सल्यानका १ जना छन् ।

बैशाख २१ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका ६१ वर्षिय पुरुषको शुक्रबार राती ७ः३० बजे मृत्यु भएको थियो भने बैशाख ३० गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएकी ३९ वर्षिया महिलाको ८ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि बैशाख १२ गतेबाट भेरी अस्पतालमा उपचाररत बनगाड, सल्यानकी ६० वर्षिया महिलाको शुक्रबार राती ११ बजे, बैशाख २४ गते भेरी अस्पताल भर्ना भएकी ठाकुरबाबा, बर्दियाकी ३४ वर्षिया महिलाको शनिबार बिहान २ः५८ बजे र बैशाख २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका ६० वर्षिय पुरुषको बिहान ४ः४५ बजे मृत्यु भएको छ ।

बाँकेमा अहिलेसम्ममा जिल्ला भित्रका २२९ जना र जिल्ला बाहिरका १७५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको डीसीसीएमसीका बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ९ : १५ बजे

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको