१५ चैत्र २०८२, आइतबार | March 30, 2026

दिनभरीमा बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । आज दिनभरीमा बाँकेमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत संक्रमितहरुको बिहान ७ बजे देखि ४ बजेकाबीचमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बैशाख ३० गते भेरी अस्पताल भर्ना भएका बर्दिया मधुवनका ४० वर्षिय पुरुष, बैशाख १८ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका ४४ वर्षिय पुरुष, सैनिक अस्पताल नेपालगन्जमा बैशाख १६ गते भर्ना भएकी मोतिपुर सुर्खेतकी ५३ वर्षिया महिला रहेका छन् । त्यसैगरि बैशाख २१ गते मेडिकल कलेज कोहलपुर भर्ना भएकी ४१ वर्षिया महिला, २१ गते मेडिकल कलेज भर्ना भएका कुमाख, सल्यानका ३६ वर्षिय पुरुष र आज बिहान भेरी अस्पताल लगिएका कोहलपुर ८ का २६ वर्षिया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज दिनभरीमा थपिएको मृतकको संख्यासँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या २३२ पुगेको छ भने जिल्ला बाहिरका मृत्यु हुनेको संख्या १७८ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : १३ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा