२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बाँकेमा ३६५ संक्रमित थपिँदा ५११ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा रहेका ३ प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । ती प्रयोगशालाहरुमा ११०७ नमुना परीक्षण गर्दा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको संक्रमितहरुमा बाँके जिल्ला भित्रका भन्दा जिल्ला बाहिरका बढी छन् । बाँके जिल्लाका ३६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ६२२ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेज ल्यावमा १४७ मा ८३ जना र बागेश्वरी डाइग्नोशिस ल्यावमा १८० नुमना परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाकै अवधीमा बाँकेमा ११ जनाले ज्यान गुमाएका छन् भने सोही अवधीमा ५११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेमा आज सम्ममा जिल्ला भित्रका २३७ र बाहिरी जिल्लाबाट उपचार गर्न आएका मध्यबाट १८४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : ०१ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ