१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा ३६५ संक्रमित थपिँदा ५११ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा रहेका ३ प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । ती प्रयोगशालाहरुमा ११०७ नमुना परीक्षण गर्दा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको संक्रमितहरुमा बाँके जिल्ला भित्रका भन्दा जिल्ला बाहिरका बढी छन् । बाँके जिल्लाका ३६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ६२२ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेज ल्यावमा १४७ मा ८३ जना र बागेश्वरी डाइग्नोशिस ल्यावमा १८० नुमना परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाकै अवधीमा बाँकेमा ११ जनाले ज्यान गुमाएका छन् भने सोही अवधीमा ५११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेमा आज सम्ममा जिल्ला भित्रका २३७ र बाहिरी जिल्लाबाट उपचार गर्न आएका मध्यबाट १८४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : ०१ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन