१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देहीमा ३०९ संक्रमित थपिँदा ७०९ जना डिस्चार्ज, १० जनाको मृत्यु



बुटवल । रुपन्देहीमा १००९ नमुनाको पीसीआर परीक्षण गर्दा ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधीमा जिल्लामा २४६२ एन्टिजेन परीक्षण गर्दा १०४५ जनामा पोजेटिभ रिपोर्ट आएको छ । पीसीआर परीक्षणको रिपोर्टमा संक्रमितको अनुपात केही कम देखिएपनि एन्टिजेनमा संक्रमितको संख्या बढी देखिएको छ । तुलनात्मकरुपमा पीसीआर परीक्षणमा ३० प्रतिशतमा संक्रमण भएको देखिएको छ भने एन्टिजेनमा ४२ प्रतिशतमा संक्रमण भएको देखिएको छ ।

जिल्लामा सोही अवधीमा १० जनाको मृत्यु भएको छ भने आज ७०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । पालिकास्तरमा पनि कोरोना संक्रमणको दर केहि घटेको पाईएको छ । बुटवल बाहेक अन्य सबै पालिकाको संक्रमण दर २ अङ्कमा झरेको छ । बुटवलमा आज १०६ जना मात्र कोरोना संक्रमति थपिएका छन् ।

लगातार घ(द्ध दिनको रिपोर्टमा जिल्लामा संक्रमणको दर केहि घटेको आँकलन गर्न सकिने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनले स्थानीय स्तरमा सम्पर्क ब्यक्तिको खोजी कार्यलाई प्रभावकारी बनाउन नसक्दा समुदायमा अहिले पनि संक्रमणको संख्या रहेको अनुमान गर्न सकिने बताए । ल्यावहरुमा लक्षण देखिएका र सिकिस्त भएकाहरुको संख्या बढी आउने गरेको र संक्रमितको सम्पर्कमा आएका लक्षण नदेखिएकाहरु पीसीआर परीक्षण गर्न आउने नगरेको उनले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ५ : ४७ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई