१६ श्रावण २०८३, शनिबार | August 1, 2026

स्वास्थ्यकर्मी कुट्ने रावतले प्रहरी हिरासतबाटै स्वास्थ्यकर्मीलाई दिए बदला लिने धम्की



नेपालगन्ज । भेरी अस्पतालमा चिकित्सक सहित नर्सिङ स्टाफहरुमाथि आक्रमण गर्ने समूहका नाईके मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की दिएका हुन् ।

अस्पतालमा रावतका दाजु डिल्लीबहादुर रावतको मृत्यु भए लगत्तै उनको अगुवाईमा नर्सिङ स्टाफको घाँटी थिच्ने र अस्पतालको आईसीयू कक्ष तोडफोड भएको थियो । ३ जना नर्स र एक जना चिकित्सकले अस्पतालको पहिलो तलाबाट हाम्फालेर ज्यान बचाएका थिए ।

रावतले आफन्त गुमाउँदाको पिडा कस्तो हुन्छ, याद दिलाउने छौं भन्दै आफुले भेन्टिलेटरमा नराख्न आग्रह गर्दा गर्दै स्वास्थ्यकर्मीले दाईलाई भेन्टिलेटरमा राखेको आरोप लगाएका छन् ।

स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अस्पताल परिषरमा स्वास्थ्यकर्मीहरु आन्दोलित छन् भने आक्रमणको चौतर्फि विरोध भईरहेको छ । एमालेको जिम्मेवार तहमा रहेका नेताबाट घटना घटाईएको भएपनि एमालेले अहिले सम्म आधिकारीक धारणा सार्वजानिक नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकट रहेका मानबहादुरको विषयमा पोखरेलको धारणा नआएको प्रति सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना भएको छ ।

चौतर्फि बिरोध भएपछि यो समाचार लेख्दा देख्दै रावतले फेसबुकबाट धम्कीपूर्ण सामाग्री हटाएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १२ : ४३ बजे

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका